अक्षय कुमार र नायिका कियरा आडवाणीको फिल्म ‘लक्ष्मी’ रिलिज

0
214

सर्वाधिक प्रतिक्षामा रहेको नायक अक्षय कुमार र नायिका कियरा आडवाणीको फिल्म ‘लक्ष्मी’ रिलिज भएको छ ।

साउथ फिल्म ‘कञ्चना’को रिमेकको रुपमा बनेको अक्षयको ‘लक्ष्मी’ रिलिज भएसँगै समिक्षक र दर्शकले प्रतिक्रिया दिन थालेका छन् । फिल्मलाई समिक्षकले निकै खराब भनेका छन् । समिक्षक तरण आदर्शले फिल्मबाट आफू निराश भएको भन्दै यसलाई खराब फिल्म भनेका छन् ।

फिल्मको लेखन पक्षलाई मुख्य समस्या समिक्षकले मानेका छन् । फिल्मको पटकथा कमजोर हुँदा दर्शकको ध्यान तान्न यो सफल नहुने उनीहरुको तर्क छ ।
नायक अक्षय कुमारले फिल्ममाका लागि निकै मिहिनेत गरेको समिक्षा आदर्शको तर्क छ ।

नायिका कियरा आडवाणीको भूमिका छोटो भएको समिक्षकहरुले उल्लेख गरेका छन् ।
डिजिटल प्लेटफर्ममा रिलिज भएका चलचित्रहरु मध्ये ‘गुञ्जन सक्सेना’ बाहेक अरुले खासै दर्शकको मन जित्न सफल भएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here