चैत २ ‘प्रचण्ड’ले नयाँ शक्तिमा भविष्य छैन भन्दै नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई आफ्नो पुरानो पार्टीमा फर्कन आग्रह गरे तर , भट्टराईले यस्तो भनेका छन्!
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न रङ नीति अपनाएर आफ्नो कुर्सीका लागी पूरै माओवादीललाई एमालेमा समावेश गर्न लागेको बताएका छन् ।
बाबुराम भटराईले अध्यक्ष प्रचन्डलाई ब्यङ्ग गरी सामाजिक सञ्जालमा यस्तो लेखेका छन्,
प्रचण्डजीका कुरा सुन्दा स्कूलमा पढेको पाइड पाइपर अफ ह्यामलिन कविताको सम्झना हुन्छ। मिठो मुरलीवादकले सहरका सबै मुसाहरूलाई आफ्नो धुनको पछि लगाएर समुद्रमा होमे झैं प्रचण्ड विभिन्न रङ नीति गरी कुर्सीकानिम्ति पूरै माओवादीलाइ एमालेमा समावेश गर्दै हुनुहुन्छ।अबका ‘मुसा’ लाटा छैनन् है ! विहिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका १९ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउदै अध्यक्ष प्रचण्डले भट्टराईलाई गल्ती सच्याएर पार्टीमा फर्कन आग्रह गरेका थिए ।