अनमोलको (कृ) ले २ करोड बढीको कारोबार गर्यो !

0
1321

माघ २८ आइतबार काठमाण्डौ !
करिब दुई बर्ष पछि नायक अनमोल केसी अभिनित चलचित्र (कृ) शुक्रबारबाट प्रदर्शनम आएको छ ! सुरुवाती दिन सुखद ओपनिङ्ग गरेको (कृ)को शनिबारको अधिकाम्श हलहरु हाउसफुल रहे ! समिक्षक र दर्शकबाट मिस्रित प्रतिक्रिया पाइरहेको (कृ)ले दुई दिनमा करिब २ करोड बढीको कारोबार गरेको छ ! प्राप्त रिपोर्ट अनुसार चलचित्रले पहिलो दिन देशभरबाट ९७ लाख ३ सय ७५ रुपैयाँ कलेक्सन गरेको बताइएको छ ! त्यस्तै शनिबारको दिन १ करोड ६८ लाख ५३ हजार २ सय ३३ रुपैयाँको ग्रस् कलेक्सन गरेको छ ! पहिलो दिन उपत्यकामा (कृ)ले ६१ लाख १३ हजार ५ सय ३६ र मोफसलबाट ३५ लाख ८३ हजार ७ सय ९४ रुपैयाँ कमाइ गरेको थियो भने, दोस्रो दिन राजधानीबाट १ करोड ४ लाख ९६ हजार २ सय ९७ रुपैयाँ ग्रस कलेक्सन हुँदा मोफसलबाट ३६ लाख ५६ हजार ९ सय ३६ रुपैयाँ बक्स अफिस कलेक्सन गरेको छ ! यसरी हेर्नेहो भने दुई दिनमा चलचित्रले २ करोड ६८ लाख ५३ हजार ६ सय ८ ग्रस कलेक्सन गरेको छ ! (कृ)लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ! यस चलचित्रमा अनमोल केसी र अदिति बुढाथोकी ,अनुप बिक्रम शाही ,कामेश्वर चौरासीया ,सरोज खनाल ,लक्ष्मी गीरी ,रुपा राना लगायतका कलाकारको अभिनय रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here