अनमोल भन्छन ५० लाखको अफर आएको हो !

0
1266

पुष १ आइतबार काठमाण्डौ | केहि साता पहिले नायक अनमोल केसीलाइ अभिनेत्री झरना थापाले चलचित्रको लागि ५० लाखको अफर गरिएको समाचार बाहिरिएको थियो ! मिडियामा राम्रै स्थान पाएको उक्त समाचारको खण्डन गर्दै अभिनेत्री झरना थापाले अन्तर्वार्ता दिंदै अनमोल लाई ५० लाखको अफर नगरेको बताएकी थिइन् !
त्यस्तै उनले सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेखेर बाहिरिएको खबर झुट भएको बताएकी थिइन् ! तर यता नायक अनमोल केसीले आफुलाई ५० लाखको अफर गरिएको स्वीकार गरेका छन् ! शुक्रबार चलचित्र क्रीको ट्रेलर सार्बजनिक कार्यक्रममा उनले आफुलाई केहि निर्माताले ५० लाखको अफर गरेको बताएका छन् !
अनमोलले कार्यक्रममा बोल्दै आफुले पैसाको लागि कहिले चलचित्र नगर्ने बताए ! भन्छन यदि म पैसाको लागि काम गर्थे भने यो दुई बर्षमा धेरै चलचित्रमा काम गर्थे होला ! मलाइ मेहनत गरेर राम्रो चलचित्रमा काम गर्नु छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here