अनि लामो समय टिक्छ हेयर कलर

0
1348

स्मार्ट एन्ड फेसनेबल देखिने चाहनामा हेयर कलर गर्ने युवापुस्ताको संख्या नेपालमा बढ्दो छ । विश्वबजारमा चलेको ट्रेन्ड तथा आफ्ना प्रिय सेलेब्रिटीजस्तो कपाल बनाउन विभिन्न कलरले रंग्याउन युवाहरू मरिहत्ते गर्छन् । फरक लुक्समा मोडर्न देखिने चाहनामा अहिले युवापुस्ताले आफ्नो कपाल रंग्याउने ट्रेन्ड नै चलेको छ । कपाललाई गोल्डेन, ब्राउन, रेड, चकलेट कलरमा रंग्याउन चाहने धेरै छन् । समूहमा आफूलाई  बेग्लै पहिचान दिन कपाल कलर गर्ने प्रचलन छ । कपालमा विभिन्न कलर लगाउँदा लुक्स नै फरक तथा फेसनेबल देखिन्छ । कपाललाई रंग्याउनुअघि आफ्नो स्किन कलर, कलरको क्वालिटीलगायत विषयमा विशेष ध्यान दिनुपर्छ अन्यथा कपाल बिग्रनुका साथै यसले छालालाई पनि असर गर्छ । गुणस्तरीय कलर प्रयोग गर्दा कपाललाई ड्यामेज तथा ड्राई हुनबाट जोगाउँछ । यस्तो कलर एकपटक लगाउँदा सामान्यतया ६ महिनाभन्दा बढी टिकाउ हुन्छ । कपालमा लगाएको कलर लामो समयसम्म टिकाउन अपनाउनुपर्ने उपायबारे यस्तो सुझाब छ :

कपालमा कलरिङ गर्नुअघि स्याम्पुले नुहाउनुपर्छ । यदि कपालमा तेल लागेको या चिपचिप छ भने स्याम्पुले राम्ररी नुहाउनुपर्छ । अन्यथा, कलर राम्रोसँग बस्दैन ।

कपालमा मेहँदी वा कालो कलर लगाएको छ भने अन्य कलर नलगाउनु नै राम्रो हुन्छ । कालो कलर र मेहँदी लगाएको कपालमा आपूmले चाहेजस्तो कलर आउँदैन ।

यदि पहिलोपटक कलर लगाउँदै हुनुहुन्छ भने पहिले कलरलाई आफ्नो कानको पछाडिको छालामा वा नाडीमा कलर लगाएर परीक्षण गर्नुपर्छ । करिब आधा घन्टा लगाएर त्यसलाई पखाल्नुपर्छ । यो क्रममा चिलाउने, डाबर आउने तथा एलर्जी हुने भएमा कलर गर्नुहुँदैन  । यदि गर्नैपर्ने भएमा दक्ष हेयर ड्रेसरको सल्लाहअनुसार कपालमा कलरिङ गर्नुपर्छ । यदि टाउकोमा घाउ या खटिरा छ भने कलरिङ नगर्नु नै लाभदायक हुन्छ । कलरको रसायनले सो घाउ या खटिरालाई झन् बढाउन सक्छ ।

तपाईंको छाला संवेदनशील छ भने पनि कलरिङ  नगर्नु नै उत्तम हुन्छ । यदि गर्नैपर्ने भएमा पनि विज्ञसँग सल्लाह लिनुपर्छ ।

कपाल रंग्याउँदा सधैँ डेमी पर्मानेन्ट कलर नै प्रयोग गर्नुपर्छ । यसमा भएका डेभलोपरजस्ता केमिकलको प्रयोग गरी हेयर साफ्ट खोलेर कोटेक्सा कलर बस्छ, जसले कपालको कलरलाई लामो समयसम्म कायम राख्छ ।

कलर गरिएको कपालमा कडा स्याम्पु नगरेकै राम्रो हुन्छ । त्यस्तै, एन्टिड्यान्ड्रफ स्याम्पु पनि प्रयोग गर्नुहुँदैन । कलर गरिएको कपालमा कलर प्रोटेक्टिभ स्याम्पुको प्रयोग गर्नुपर्छ ।

कलर गरिएको कपालमा मोस्चराइजरयुक्त रिच कन्डिस्नरको प्रयोग गर्नुपर्छ । किनकि, कलर गरिएको कपाल सुक्खा हुन सक्छ । सो अवस्थामा मोस्चराइजरले कपाललाई नरम बनाउँछ । यस्तो कन्डिस्नर तीनपटक नुहाउँदा एकपटक प्रयोग गर्नुपर्छ ।

यदि कपालमा अन्य केमिकल प्रयोग गर्ने सोचाइमा हुनुहुन्छ भने कलर गर्नुभन्दा दुई महिनाअगाडि नै गर्नुपर्छ । कपाललाई स्ट्रेट या कर्लीलगायत अन्य डिजाइन कलर गर्नुभन्दा दुई महिनाअघि नै गर्नुपर्छ । दुवै प्रक्रिया एकसाथ गर्नुहुँदैन । यसले कपाललाई नोक्सान गर्छ ।
कलर गरिने कपाल बढी सुक्खा देखिने हुन्छ । यस्तो कपालमा हाँगा फाट्ने या कपाल टुक्रिने भएका  कारण हप्ताको एकपटक आयल्ड मसाजको साथै हेयर ट्रिटमेन्ट क्रिम, हेयर स्पा क्रिम प्रयोग गर्नुपर्छ जसले कपाललाई ड्यामेज या ड्राई हुन दिँदैन । कपाललाई चम्किलो पनि बनाउँछ ।

कलर गरेको कपाल कहिले पनि तातो पानीले धुनुहुँदैन  । तातो पानीले कलरलाई चाँडै डिसकलर बनाउँछ । नुहाउँदा चिसो या मनतातो पानी प्रयोग गर्नु उत्तम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here