अन्जु पन्त फाउण्डेसन’को तर्फ बाट गायिका अन्जु पन्तले बिरगंज कारागारको समता स्कुलका विध्यार्थीहरूलाई सहयोग गरिन |

0
744

मङ्सिर १९ काठमाण्डौ |गायिका अन्जु पन्तले सबैमा सकेको सहयोग गर्न भनि अपिल पनि गरेकी छन् | गायिका अन्जु पन्त < मलाई सानैदेखि अरूलाई सहयोग गर्न पाउँदा अझ भविष्यका कर्णधार वालवालिकाहरूलाई सहयोग गर्न पाउँदा धेरै खुसी लाग्छ । अहिले म सानै भए पनि आफूले सकेको सहयोगको गरौँ भन्ने भावनाले खोलिएको 'अन्जु पन्त फाउण्डेसन' (Anju Panta Foundation) को सहयोग कार्यक्रमका लागि तराईका भिभिन्न ठाउँको भ्रमणमा छु । अहिलेको भ्रमणमा सहयोगका निम्न कार्यक्रमहरू रहने छन्: १) २०७५/८/१६ गते बिरगंज कारागारको समता स्कुलका विध्यार्थीहरूलाई १०० वटा कपी, ४०० वटा इरेजर, १०० वटा कटर तथा चकलेट\बिस्कुटहरू वितरण गरियो । २) २०७५/८/१७ गते पर्सा महुवनरामनगरिया अपाङ्ग आश्रममा २० जनाका लागि २० वटा सिरक अनि चकलेट बिस्कुटहरू वितरण गरियो । ३) २०७५/८/१८ गते सर्लाही चन्द्रनगर गाउपालिका:-२ मुसहरी टोलका वालवालिकाहरूलाई ५५ वटा ब्याग, २२० वटा कापी, ५५ वटा पेन्सिल, ५५ वटा कटर, ५५ वटा इरेजर तथा चकलेट बिस्कुटहरू सहयोग गरियो । ४) मकवानपुरको खैराङ चेपाङवस्तीका वालवालिकाहरूका लागि १५० वटा ब्याग, १५० वटा पेन्सिल, ६०० वटा कापी, १५० वटा इरेजर, १५० वटा कटर, तथा विस्कुट चकलेटहरू वितरण गर्ने कार्यक्रम रहेको छ । ५) पर्साको बेलाउ गाउँक्को मुसहर वस्तीमा सहयोग गर्ने कार्यक्रम रहेको छ । ६) भक्तपुरमा मानव कल्याण अाश्रमका ३५ जना ब्çद्ध हरूका लागि ३५ वटा ब्लाङ्केट वितरण गर्ने कार्यक्रम रहेको छ । ७) डोटीमा एच आइ भी पिडित बुवाआमाका वालवालिकाहरूलाई सहयोग निरन्तर गर्ने कार्यक्रम रहेको छ । मलाई गाउँमा निकै खुसी लाग्छ । त्यसैले पनि मौका पाउनसाथ गाउँमा पुगिहाल्छु । यसपाली अझ सहयोग कार्यक्रम लिएर गाउँवस्तीमा छु । गीत रेकर्डिङ गर्दा स्टुडियोमा होस् कि 'The Voice' को स्टेजमा होस् नवप्रतिभालाई केही पैसा वा उपहार दिएर सहयोग गरेको हुन्छु किनभने यसबाट उनीहरूलाई हौसला मिल्छ जस्तो मलाई लाग्छ । सबैले आफूले सकेको सहयोग गरौँ । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here