अन्तत: गुण्डा मनोज पुन मारिए !

0
691

फागुन ९ बुधबार काठमाण्डौ ! भनिन्छनि अपराधको घडा एक दिन, न एक दिन अवश्य फुट्छ ! आफुलाई गुण्डा अथवा डनको रुपमा परीचित गराउंदै आएका मनोज पुनको अपराध बढेको बढई भएपछि ! अन्तत उनि मारिएको खबर आज भाइरल भएको छ ! पुलिशको नजरमा मोस्ट वान्टेडमा परेका मनोजबहादुर बुढा मगर (मनोज पुन) आखिरमा पुलिशको फेला परी इन्काउन्टरमा मारिए ! रुपन्देही देवदह खैरेनीका अनुमानित २८,२९ बर्षका मनोज पुनको अपराधिक क्रियाकलापले समग्र रुपन्देही वासिलाइनै डरलाग्दो बनाइदिएको थियो ! कसैलाई पनि आफु सुरक्षित छु जस्तो लाग्दैनथ्यो ! उनको अपराधिक कार्य रुपन्देही वासी बताउँछन् २०६४ सालपछि जिल्लामा हुने ढुंगा, गिट्टी, बालुवा, जग्गामा हुने ठेक्का पट्टामा आफ्नो भाग खोज्ने ब्यबशायिहरुलाई धम्क्याउने आफुले चाहेको रकम देमांड गर्ने ,कमिशन नपाए अपहरण हत्या आतंक मच्याउने धम्कि दिने लगायतका कार्यहरु गर्ने गरेको देव्दहवासी बताउँछन् ! मनोज पुन र उनका साथिलाइ प्रहरीले पछिल्लो समय खोजि गरिरहेको तर मनोज पुन भारतमा लुकेर प्लानिंग अनुसार नेपालमा आतंका मच्च्याउदै आइरहेका उनले गत बर्ष देवदह निवासी दुर्गा तिवारीलाई हत्या गराए, ,लगत्तै २०७४ पुष २१ मा दुर्गा तिवारीका साथि काठ व्यवशायी बसन्त पौडेल बलुको पनि प्लानिङ्ग अनुसार हत्या गरी ,फोन मार्फत मैले हत्या गरेको हुँ, भनि आफुले आफुलाई महान गुडा भनि पत्रकारलाई पनि धम्क्याएका उनि साथि सहित सहित नेपाल आएको खबर पुलिस ले पाएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार बिहान ३ बजे दुवै पक्षबिच देवदह भवानीपुरमा दोहोरो फायारिङ हुँदा उनीहरुको मृत्यु भएको रुपन्देहीका एसपी श्याम ज्ञवाली दाबि छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here