अब जिका भाइरस स्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने.

0
1327

एजेन्सी : मानिसको स्वास्थयका निम्ति खतरनाक मानिएको जिका भाइरसलाई मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् ।

गर्भमा रहेका शिशुमा संक्रमण हुने गरेको जिका भाइरसलाई मस्तिष्क क्यान्सरबाट पीडित वयस्क व्यक्तिको उपचारमा प्रयोग गर्न सकिने अमेरिकी अनुसन्धानकर्ताले बताएको बिबिसीले उल्लेख गरेको छ।

बालबालिकाको मस्तिष्कमा गम्भीर असर पार्ने हानिकार जिका भाइरसलाई वयस्क व्यक्तिमा देखिने आक्रमक खालको मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने जर्नल अफ एक्सपेरिमेन्टल मेडिसिनमा प्रकाशित अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।

अनुसन्धानमा जिका भाइरसले वयस्क व्यक्तिमा देखिएको उपचार गर्न कठिन मस्तिष्क क्यान्सरको उपचारमा सकारात्मक प्रभाव देखाएको वासिङ्टन विश्वविद्यालयको स्कुल अफ मेडिसिन र क्यालिफोर्निया विश्वविद्यालयको सानडियागो स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन् । जिका भाइरसले क्यान्सरबाट संक्रमित मस्तिष्क सेललाई मार्ने अनुसन्धानकर्ताले बताएका छन् ।

मुसामा गरिएको अनुसन्धानमा जिका भाइरससहितको इन्जेक्सन दिँदा जिका भाइरसले क्यान्सरको संक्रमण भएको सेललाई मारेको तर क्यान्सरको संक्रमण नभएको सेललााई केही पनि नगरेके अनुसन्धानकर्ता डा. माइकल डायमण्डले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here