अब ठुलो आवाज गर्ने मोटर साइकल सवारी साधन चलाउन नपाइने ! 

0
532

चैत ८  काठमाण्डौ ! ट्राफिक प्रहरीले ठुलो आवाज   गरी सवारी चलाउने एकसय १० मोटरसाइकललाई र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले ठूलो आवाज बनाएर गुडाउने एकसय १० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए।“ठूलो आवाज निकालेर सडकमानै आफ्नो मात्र हो भन्दै हिँड्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएका हौँ”, उनले भने,महाशाखाले यस्ता मोटरसाइकललाई अझै नियन्त्रणमा लिने जनाएको छ । महाशाखाले स्वरुप परिवर्तन गरेर सवारी चलाउनेलाई पाँच हजार रुपैयाँ जरिवाना समेत गर्दै आएको छ ।स्रोत समय पोष्ट !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here