अब दम्भ होइन लचिलो भएरअघि बढ्नुको विकल्प छैन !! सुवास नेम्वांङ!!

0
1247

पुष १ आईतबार काठमान्डौ !
दमक <नेकपा एमालेका नेता सुवास नेम्वाङले बर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रसस्त गर्न प्रधानमन्त्रीसंग आग्रह गर्नु भएको छ ! पत्रकारसंग कुरा गर्दै पूर्वसभामुख नेंवानले बर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाउंदै नया सरकारका लागि तत्काल बाटो खोलिदिएर सहमतीय बातावरण निर्माण गर्न आग्रह गर्नु भयो ! उंहाले भन्नु भयो ,राष्ट्रियसभा विधेयकका नाममा बखेडा झिकेर जनादेशप्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बन्चित गराउन खोज्नु हुँदैन ! जनादेशानुसार बाटो सहज गरिदिनुपर्छ! राष्ट्रियसभा बिधेयक ल्याउन सरकारले ढिला गरेका कारण समस्या आएको बताउंदै नेंवाङले सो बिधेयक निर्वाचन अघिनै ल्याउनुपर्नेमा अहिले निर्वाचन परिणाम आईसकेपछि ल्याईएकाले यस्तो समस्या देखिएको विचार ब्यक्त गर्नु भयो ! संबिधानमा सामान्य बहुमत भनि उल्लेख हुँदाहुँदै एकल संक्रमनीय भनि जिद्धि गर्नु संबिधान बिपरित भएको टिप्पणी गर्दै उंहाले संबिधान कार्यान्वयनका लागी निर्वाचन स्वीकारेर अघि बढ्न र संविधानले ब्यबस्था गरेका प्रणालीहरुमा जान दलहरुलाई सुझाब दिनु भयो !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here