अमेरिकामा दीपिका पादुकोण नामको डोसा तथा पराठा थाली बेचिँदै |

0
578

पुष १९ काठमाण्डौ | बलिउड अभिनेत्री दीपिका पादुकोणका फ्यान दुनियाँभर छन्। सोसल मिडियामा पनि उनका अनेकौं फ्यान पेज छन्। दीपिकाको फ्यान फ्लोइङको आकलन यसबाट पनि गर्न सकिन्छ कि उनको नामको एक परिकार धेरै भाइरल भइरहेको छ।

दीपिका पादुकोण डोसा सोसल मिडियामा दुई स्थानका मेन्युको फोटो भाइरल भएको छ। एक फोटो अमेरिकाको टेक्ससमा अस्टिन प्रान्तको हो जहाँ डोसा लैब्सनामक रेस्टुरेन्टमा दीपिका पादुकोण नामको डोसा बेचिँदै आएको छ। डोसाको लिस्टमा अलगअलग भेराइटीको व्याख्या गरिएको छ तीमध्ये एक दीपिका पादुकोण डोसा पनि छ। यसको मूल्य मेन्युमा १० डलर राखिएको छ।

दीपिका पादुकोण पराठा थाली |

पुणेको एक रेस्टुराँमा दीपिकाको नाममा थाली सेट राखिएको छ। मेन्यु कार्डमा थालीको नाम दीपिका पादुकोण पराठा थाली राखिएको छ। यसको मूल्य ६ सय राखिएको छ। थालीमा ग्राहक सब्जी, राजमा छोले, दाल मखनी, रोटी, भात, सलाद, पापड, स्विट डिसलगायत छन्।

दीपिका अहिले पति रणवीर सिंहसँग हनिमुन मनाउन गएकी छन्। दीपिका छिट्टै मेघना गुलजारको फिल्म ‘छपाक’ को छायांकनमा जाँदैछिन्। यो फिल्म एसिड पीडित लक्ष्मी अग्रवालको जीवनमा आधारित छ।annapurnapost|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here