अमेरिकाले सिरियालाई आक्रमण गर्यो : १ सय सैनिक मारिए !

0
1148
www.hdnicewallpapers.com

माघ २५ बिहिबार काठमाण्डौ !
सिरियामा आइएसविरुद्ध लडिरहेको अमेरिका नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई हमलामा १०० बढी सत्ता समर्थक सैनिकको मृत्यु भएको छ ! राष्ट्रपति बसार ऑलअसादले अमेरिका समर्थित सिरियाली लडाकुसंग काम गरिरहेको सिरियाली प्रजातान्त्रिक शक्तिको कार्यालयमा अप्रत्याशित आक्रमण गराएपछि जवाफी हमला गरिएको गठबन्धन सेनाले बताएको छ ! करिब ५ सय साता समर्थक फौजले तोप मोर्टार फायर र रुसमा निर्मित ट्यांक सहित आक्रमण गरेको थियो !सिरियाको खुसाममा उनीहरुले प्रजातान्त्रिक शक्तिहरुमाथि संगठित आक्रमण गरे ! एक सैन्य अधिकारीले बताए ! उनका अनुसार २० देखि ३० तोप र ट्यांकले ५०० मिटर क्षेत्र ओगटेर सिरियाली प्रजातान्त्रिक शक्तिको हेडक्वार्टरमा आक्रमण गरेपछि अमेरिका समर्थित लडाकु र गठबन्धन शक्तिले हवाई र स्थल प्रत्याक्रमण गरेको थियो ! हाम्रो अनुमान १ सय जना भन्दा बढी सिरियाली सत्ता पक्षधर लडाकु मारिएका छन् ! उनले भने ,यो आत्म रक्षाका लागि चालिएको कदम हो ! भागेका लडाकुहरु माथि आक्रमण नगरिएको उनको भनाइ छ ! प्रत्याक्रमणमा गठबन्धन वा अमेरिकी सेनाका कोहिपनि हताहत वा घाइते नभएको तर सिरियाली प्रजातान्त्रिक शक्तिका एक सदस्य घाइते भएको गठबन्धन सेनाका एक अधिकारीले जानकारी दिए ! सत्ता पक्षधर शक्तिले तेलको खानि रहेको क्षेत्रलाई कब्जामा लिने प्रयास गरेको गठबन्धनले आशंका गरेको छ , जुन क्षेत्र सिरियाली प्रजातान्त्रिक शक्तिले गत सेप्टेम्बरमा आइएसबाट खोसेको थियो ! सिएनएनसंग कुरा गर्दै अर्का अमेरिकी अधिकारीले साता पक्षधर शक्तिहरु को हुन् भन्ने प्रष्ट भएको तर , त्यहाँका नजिकै काम गरिरहेका रसियाली ठेकेदारहरु यसमा संलग्न छन् कि भन्ने आशंका अमेरिकाले गरेको बताए ! यद्यपि सिरियाली प्रजातान्त्रिक शक्तिको कार्यालयमा आक्रमण गर्ने कार्यमा रसियनहरुको हात रहेको कुनै प्रत्यक्ष प्रमाण फेला परेको छैन ! त्यसो त इरान समर्थित शक्तिहरु आक्रमणमा संलग्न रहेको हुन सक्ने सम्भावनालाइ पनि खारेज गर्न नसकिने ति अधिकारीले बताए ! सिरियामा सत्ता पक्षधर शक्तिहरुसंग अमेरिकी सेना भिडेको यो पहिलो चोटी होइन !
गत जुनमा अमेरिकी नौसेनाले सिरियाली साताको सु -२२जेटलाई खसालेको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here