अर्को खुशीको खबर नेपाली चेली मनिता देवकोटा मिस युनिभर्स २०१८ को टप १० मा |

0
761

पुष ३ काठमाण्डौ | काठमाडौं । नेपाली चेली मनिता देवकोटा मिस युनिभर्स २०१८ को टप १० मा पुगेकी छन् । थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा मनिता मिस युनिभर्सको टप १०मा परेकी हुन् । टप २० मा परेका हरेक प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तव्य दिने अवसर दिइएको थियो । यही मन्तव्यका आधारमा मनिता टप १० मा पर्न सफल भएकी हुन् । यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन् ।ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here