अर्को दुखद खबर: ज्वालामुखी र आँधीका कारण २२२ जनाको मृत्यु |

0
2976
Bodies of victims recovered along Carita beach are placed in body bags on December 23, 2018, after the area was hit by a tsunami on December 22 following an eruption of the Anak Krakatoa volcano. - A tsunami following a volcanic eruption killed 62 people and injured hundreds more as it slammed without warning into tourist beaches and coastal areas around Indonesia's Sunda Strait on the night of December 22, sending panicked holidaymakers and residents fleeing. (Photo by Semi / AFP)

पुष ९ काठमाण्डौ | ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो ।

नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो । “दृश्यहरु आशु झर्ने खालका थिए,” स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भन्नुभयो । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । पछिल्लो विवरण अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या २२२ पुगेको पुष्टी भएको छ भने ८५३ जना घाइते भएका र २८ जना बेपत्ता भएका छन् ।स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here