अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

0
42


। अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा दुर्गादेवी खड्का, भक्तबहादुर खड्का र तिलबहादुर खड्का हुन् । उनीहरु तीनैजना आमा-छोरा हुन् ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी कार चालक गंगाबहादुर खड्का र बालक बिनोद खड्का घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here