अर्जुन कुवर र बिष्णु माझीको आवाज रहेको दोहोरीगीत “आँसुको कारखाना चर्चा कमाउँदै |

0
524

पुष २० काठमाण्डौ |अर्जुन कुवर र बिष्णु माझीको आवाज रहेको दोहोरीगीत “आँसुको कारखाना” १ बर्षमा ३५ लाख काटेको छ । भिडियो मा देखाइएको स्टोरी ले यति बेला सबै को मन तानेको छ ।योगसना डिजिटल ले बजारमा ल्याएको उक्त गीतमा गणेश अधिकारी को लय मंजीत पहाड़ी को शब्द रहेको छ भने विष्णु माझी र अर्जुन कुँवरको आवाज रहेको सो गीतले निमार्णा युनिट सबैलाई स्रोता दर्शक माझ राम्रो सँग चिनायो ।

मञ्जित पहाँडीलाई कुशल सर्जकको रुपमा परिचय थपिदियो भने गणेश अधिकारीलाई मिठो लय सिर्जना गर्नेको सूचिमा । यो गितले धेरै अवार्डहरु पनि जितको छ भने अझ पनि दैनिक हेर्ने दर्शकको चापनै छ । यो समाचार तयार पार्दा सम्म गितले पैतिश लाख भन्दा धेरै दर्शक बनाएको छ भने एक हजार भन्दा धेरै प्रतिक्रियाहरु सकारत्मक पाएको छ ।

लय,शब्द मात्र होइन गितको म्युजिक भिडियो समेत निकै उत्कृष्ट रहेको छ गितमा आशिर र सारिकाले मन छुने अभिनय गरेका छन भने स्मृति तिमिल्सीनाले दमदार निर्देशन कला प्रस्तुत गरेकी छन । साथै यसै गीतका गायक एबम हास्यकलाकार अर्जुन कुवर पित्री बुढो ले सम्पुर्ण लोकपारखीहरुलाई धन्यवाद दिएका छ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here