अविरल बर्षाको कारण आएको बाढीले, सवारी साधन सहित यात्रुलाई बगायो |

0
695

साउन २२ काठमाण्डौ | वीपी राजमार्गको वनेपा सिन्धुली सडक अन्तर्गत माम्ती खोलामा आएको बाढीले सवारी साधन बगाएपछि यात्रुको वेहाल अवस्था भयो । कतिसम्म भने गुडेका सवारी आँखै अगाडी भकाभक ढलेर बाढीमा बगेका भयावह दृश्यले यात्रु आतंकित बने । बालबच्चाको रूवावासी नै चल्यो । दुधे बालक देखि महिलाहरू बिचल्लीमा परे ।

सडकमा माथिबाट आएको बाढी पार गरेर गन्तव्यतर्फ जान लाग्दा साना सवारी साधन मोटरसाइकल र स्कुटी भकाभक बगेपछि कारूणिक दृश्य देखियो ।

विदेशी पर्यटकसमेत जोखिम मोलेर सडक पार गरेको दृश्यले नेपालको बच्चा देखि वृद्धसम्म बाढीमा जोखिम मोल्दै गन्तव्यतर्फ अगाडी बढेका दृश्यमा देख्न सकिन्छ ।

सडक मर्मतमा खाटिएका असमान सिंह तामाङका अनुसार पिछल्ला तीन साता यो सडकमा दैनिकजसो यस्तै बेहाल अवस्था छ । उनको एउटै पुकारा छ-‘सरकार धेरैको ज्यानै गयो, यो सास्ती अति भो, यहाँ पुल चाहियाछ ।’ स्रोत ओएस नेपाल | हेर्नुस् स्थलगत एक्सक्लुसिभ भिडियो रिपोर्टः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here