अवैध यौनबर्द्धक बस्तु बेच्ने १६ जना पक्राउ !

0
1151

पुष १७ सोमबार काठमाण्डौ !
नेपाल प्रहरीले अवैधरुपमा यौन शक्तिबर्धक बस्तु भन्दै विक्री गर्ने १६ जनालाई काठमाण्डौका विभिन्न स्थानबाट पक्राउ गरेको छ ! प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुशन्धान ब्युरो महाराजगंजको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको छ ! विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा यौन शक्ति , सुपर यौन , यौन सन्तुष्टि जस्ता बिज्ञापन प्रकाशित गरि उनीहरुले आफ्नो ब्यबसाय संचालन गर्दै आएका थिए ! उपत्यका आसपासका ईलाकाहरुमा कहिले कम्पनि समेत दर्ता नगरी, तथा दर्ता भएका कम्पनीहरुले समेत सर्वसाधारणमा भ्रम सिर्जना गरि झुक्याई ठगि गरेको सुचना प्राप्त भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ! उनीहरुका सम्बन्धमा प्रहरीले थप अनुशन्धान गरुरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here