अष्ट्रेलियामा कार्यरत एक युवा नेपालीले,वृद्धाश्रममा बस्दै आएका वृद्धमाथि कुटपिट गरेको भिडियो भाईरल |

0
837

भाद्र २२ काठमाण्डौ | अष्ट्रेलियाको सिड्नीमा कार्यरत एक नेपालीले वृद्धाश्रममा बस्दै आएका वृद्धमाथि अभद्र ब्यबहार गदर्दै उनलाई कुटसम्मको हर्कत गरेका छन् । बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई जुत्तैजुत्ताले हानेर उनको टिसर्ट जबर्जस्ती तान्ने नेपाली हुन् ३५ वर्षे प्रकाश पौडेल । जुन भिडियो अहिले समाजिक संजाल र समाचारमाध्यमहरुमा भाइरल बनिरहेको छ ।

बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई जुत्तैजुत्ताले हानेर उनको टिसर्ट जबर्जस्ती तानेको भिडियोका कारण उनी चौतर्फी रुपमा आलोचनामा तानिएका हुन् । ती वृद्धले परिवारका सदस्यलाई आफूमाथि दुर्व्यवहार भइरहेको जानकारी दिए लगत्तै परिवारका सदस्यले कोठामा भएको सिसिटिभी फुटेज हेर्दा उक्त हर्कत देखिएपछि भिडियो नै परिवारले सार्वजनिक गरिदिएको हो । पीडितकी छोरी आइडा सिलिनले आफ्ना बुवामाथिको दुर्व्यवहारको घटनाले आफूलाई विक्षिप्त भएको प्रतिक्रिया दिएकी छिन् ।

अष्ट्रेलयाको प्रहरीले बृद्धमाथी गरिएको कुटपिट र दुब्र्यबहार आपत्तिजनक भएको बताएको छ । यद्यपी वृद्धको कोठामा क्यामरा जडान गर्नु अवैधानिक भएको प्रहरीले जनाएको छ । क्योराको विषयमा विबाद सुरु भएपछि बृद्धकी छोरीले प्रतिक्रिया दिँदै भनेकी छिन् ‘बुवाको शरिरमा निलडाम देखेपछि मैले सिसिटिभी क्यामरा राखेकी हुँ,’। पौडेलको दुर्व्यवहारको भिडियो नेपालको सोसल मिडियामा पनि भाइरल बनिरहेको छ । स्रोत ओएस नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here