आइटम डान्सर राखी सावन्त घाइते बनेकी छन्।

0
647

काठमाण्डौ | हरियणा राज्यको पञ्चकुलास्थिते ताउ देविलाल स्टेडियममा आयोजित सिडब्लुइ रेसलिङ प्रतियोगितामा राखी एक रेस्लरको च्यालेन्ज स्वीकार गर्दै ती रेसलरसँग भिड्न पुगेकी उनी कम्बरमा चोट लागेपछि अस्पताल भर्ना भएकी छन्।

महिला रेस्लर रोबेलले पञ्चकुलाका महिलालाई आफूसँग भिडेर देखाउन चुनौति दिएपछि राखी रिङ्गमा पुगेकी थिइन्। रिंगमा पुगेकी राखीले रोबेललाई डान्सको चुनौती दिइन्। रोबेलले राखीको चुनौती स्वीकार गर्दै उनलाई डान्समा साथ दिइन् भने गीत समाप्त हुँदा साथ रोबेलले राखीलाई काँधसम्म उठाए जोडले भुँइमा पछारिन्। त्यसबाट राखी घाइते बन्न पुगिन्।

घाइते राखीलाई दुइई व्यक्तिले बोकेर रिंगबाहिर निकालेका थिए। उनको अहिले जीरकपुरको एक अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here