आईपिएलको छनौटमा सन्दिप लामिछाने !

0
1314

माघ १६ मंगलबार काठमाण्डौ !
राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान राजु खड्काले १२ बर्षयता गृहनगर भैरहवा छोडेर चितवनलाई कर्मथलो बनाएका छन् ! चितवन क्रिकेट संघद्वारा संचालित क्रिकेट एकडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्याएको हो !सन्दिप लामिछानेको फेयरी टोलको यात्राले खड्काको प्रशिक्षक छबि पनि चर्चामा छ ! खड्कासंग तिनबर्ष एकाडेमीमा प्रशिक्षण लिएका सन्दिप इन्डियन प्रिमियर लिग (आईपिएल)मा पुगेका छन् ! यसै मेसोमा प्रशिक्षक खड्काले यसरि सम्झिय सन्दिपलाइ जब सन्दिप भारतबाट आएर नवलपरासीको रजहरमा बसेका थिए ! उनले चितवनको क्याम्प चौरमा एउटा एकडेमी भएको र त्यसमा मैले प्रशिक्षण दिन्छु भन्ने थाहा पाएर सिधै भेट्न आए ! आउने बित्तिकै सिधै मेरो खुटा छोए ! म एकछिन अकमक्क परें, मैले प्रशिक्षन दिएको खेलाडी त होइन ,को हो भनेर प्रश्न गरे,उनले मलाइ गुरु मानिसकेका थिए ! सायद उनको ब्यबहार र अनुशासन देखेर अचम्म परें ! खेलाडीमा हुनु पर्ने तिन गुण समर्पण ,मेहनत र अनुशासन पहिलो भेटमै देखाएका थिए ,जसले मेरो मनमा छोयो ! उनले सोधे मैले यहाँ अभ्यास गर्न के गर्नु पर्छ ?भनेर अर्को दिनदेखि उनि निरन्तर अभ्यासमा आए उनले फालेको पहिलो बल टर्न भएको देख्दा लुकेको प्रतिभा भेटे जस्तो महशुस गरेन मैले ! यो खेलाडी केहि न केहि त छ, भन्ने लाग्यो ! ग्रुम गर्न सक्यो भने के थाहा मैले जिल्लाले मात्र नभई देशलेनै राम्रो खेलाडी पाउँछ भन्ने मलाई लाग्यो र सन्दिप लामिछाने को मेहनत र लगनले आज आईपिएल्मा छनौट भएकोमा म लगायत देश्लाइनै उमाथि गर्व छ ! हामि सबैको शुभकामना छ, अवस्य देशको नाम उच्च राख्नेछन् सन्दीपले !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here