आगो ताप्ने क्रममा एकको मृत्यू ,दुई सुत्केरी जले !

0
1882

पौष २५ मंगलबार काठमान्डौ ! बांकेमा अत्याधिक चिसो भएर आगो ताप्ने क्रममा बांकेमा एक महिलाको मृत्यू भएको छ भने दुई सुत्केरी घाईते भएका छन! आगो ताप्ने क्रममा जलेर घाईते भएकी बारबर्दिया नगरपालिकाकी ६० बर्षिय सरोजपरी नेपालीको उपचारका क्रममा शनिबार नेपालगन्जस्थित भेरी अन्चल अस्पतालमा मृत्यू भएको छ! आगोले जलेर घाईते भएका दुबै सुत्केरीको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन! उनिहरूको भेरी अन्चल अस्पतालमा उपचार भैरहेको छ! बर्दिया मधुवन नगरपालिका 3 सानोश्री की २४ बर्षिय अनिशा खड्का आगो ताप्ने क्रममा शुक्रबार जलेकी हुन ,उनि १९ दिनकी सुत्केरी छीन ! आगो ताप्दै बच्चाको कपडा सुकाउने क्रममा आगो लागेर जलेको अनिशाका श्रीमान उमेश ज्ञवालिले बताए! त्यस्तै सुर्खेत बिरेन्द्रनगरपालिका ३ की २५ बर्षिय सुत्केरी राधिका बुढा पनी आगोले जलेर घाईते भएकी छीन ! उनलाई उपचारका लागी शुक्रबार नेपालगन्ज ल्याइएको छ ! उनिपनी सत्केरी कपडा आगोमा सेक्ने क्रममा जलेर घाईते भएको श्रीमान कृष्णमान बुढाले बताए!
उपचारका लागी अस्पताल भर्ना गरिएका दुवै सुत्केरीको सरिर २० प्रतिसत बढि जलेको चिकित्सकले बताएका छन! तराईमा बाक्लो हुस्सुका कारण घाम नलागेपछी सुत्केरीको कपडा आगोमा सुकाउनु परेको हो ! भेरी अन्चल अस्पतालका प्रमुख डा. बिरेन्द्र बहादुर चन्दले जलेर घाईते भएका दुवै सुत्केरीको अवस्था गम्भिर रहेको बताए ! उनले थप उपचारका लागी रिफर गर्नु पर्ने अवस्था रहेको समेत बताए!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here