आजबाट नेपालभर बहुप्रतिक्षित नेपाली फिल्म कोहलपुर एक्सप्रेस प्रदर्शन भईरहेको छ ।

0
840

बैशाख १४ काठमाण्डौ । प्रर्दशनमा आएको फिल्म‘कोहलपुर एक्सप्रेस’अभिनेत्री केकी अधिकारीको निर्माणमा डेब्यु फिल्म हो । विशाल भण्डारीको निर्देशन रहेको फिल्ममा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । केकीको होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’बाट निर्माण भएको ‘कोहलपुर एक्सप्रेस’मा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत रहेको छ । केकीका अलावा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई फिल्मका निर्माता हुन् । तीन यूवतीको कथा फिल्मले प्रस्तुत गरेको निर्माता केकीले बताएकी छन् । फिल्म राम्रो बनेकोले ब्यवसाय पनि गर्ने उनको दाबी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here