फाल्गुन २ बुधबार काठमाण्डौ !
प्रधानमन्त्रि देउवाले आज बुधबार पदबाट राजिनामा दिने मनस्थिति बनाएको बुझिएको छ ! आजै निर्वाचन आयोगले प्रतिनिधि सभाको मत परिणाम सहितको संसद्को नामावली राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ! आयोगले बुधबार प्रतिनिधि सभामा निर्वाचित साम्सदको सुची राष्ट्रपतिलाई बुझाए पछि नयाँ सरकार बनाउने प्रक्रिया स्वत अघि बढ्ने छ ! आयोगले निर्वाचनको मत परिणाम बुझाउने तयारी गरेको बेला देउवाले राजिनामा दिन तयारी रहेको एक मन्त्रीले जानकारी दिए ! देउवा करिब साढे आठ महिना अघिदेखि प्रधानमन्त्री छन् ! उनका अनुसार प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गर्दै राजिनामा दिने सोंचमा छन् !राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि बढाउनु अघि सम्बोधन गर्ने विषयमा मंगलबार राति बालुवाटारमा छलफल गरेको देउवा निकट स्रोतले जानकारी दिएको, छ ! सबैको सुझाव अनुसार राजिनामा दिन उपयुक्त हुन्छ भन्ने आयो ! स्रोतले भन्यो बुधबारनै प्रधानमन्त्रीले आफ्नो कार्यालयमा भएका उपलब्धिबारे सम्बोधन गर्दै राजिनामा दिने सोंच बनाउनु भएको छ !