आज चर्चित गायक शिब परियारले बिरगंज तताउने भएका छन ।

0
1021

चैत २६ काठमाण्डौ । अमेरिकन राजदुतावासको आयोजनामा बिरगंजमा हुने म्युजिकल ईभेन्टका लागि चर्चित गायक शिब परीयार बिरगंज पुगेका हुन् । सो कन्सर्टमा उनले आफ्ना चर्चित गीत क्या दामी भो ,गालैको कोठी ,“कहाँ थियौ तिमी” “अलिकति नजर तिम्रो” लगायतका आफ्ना एक दर्जन गीतमा दर्शकलाई उफार्ने छन् । गायक परियार आज ४ बजेदेखि बिरगंजको आदर्शनगर रंगशालामा हुने सांगितिक कार्यक्रममा अमेरिकी हिपहप गायिका माहोगेनी जोन्स, स्थानीय भोजपुरी सुपरस्टार सुनिल पण्डित, नेपाल आइडलकी सन्ध्या जोशी लगायतले सो कार्यक्रमलाइ शोभायमान बनाउने छन ।
गायक शिब परियार आजको कार्यक्रमको लागि हिंजो आफ्नो ,फेस बुकमा यो स्टाटस पोष्ट गर्दै गायक शिब परियारले , नमस्ते बिरगंज कृपया भोलि कुन कुन गीत सुन्न चाहनु हुन्छ ? अमेरिकन राजदुतावासको आयोजनामा बिरगंजमा हुने Musical Event मा Perform गर्न म भोलि April 9 बिरगंज आउदैछु कृपया प्रतिक्ष्या गर्नु होस् । धेरै गीत संगीत प्रेमीहरुले उनका चर्चित गीतहरु सुन्न खोजेको र गायक शिब परियारको पर्फमेन्स हेर्न खोजेको प्रतिक्रिया दिएका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here