बैशाख ५ काठमाण्डौ| चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ को तेर्हौ दिन (महोत्सबको समापनको दिन) अर्थात बैसाख ५ गते बुधबार चर्चित गायक विश्व नेपाली, चर्चित गायक सुनिल गिरि, गायक बैकुण्ठ महत, गायक प्रकाश कटुवाल, डान्सर मन्जु थिङ्ग लामा, डान्सर पुजा तामाङ, डान्सर रिजु घिमिरे, अविन लामा, आसुईन लामा, गायक सन्जिब बस्नेत लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ भने साथमा नृत्य समेत रहेको छ l उक्त महोत्सब भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा भईरहेको छ l बैसाख ५ गते नृत्य प्रतियोगिताको समेत फाइनल हुने जानकारी मिडिया कोर्डिनेटर सुर्य चन्दले जानकारी गराउंनु भयो ।