आज नेदर ल्याण्डसंग नेपाल भिड्दै !

0
682

चैत ३ काठमाण्डौ ! नेपाली क्रिकेटले इतिहासमै पहिलो पटक एक दिवसीय मान्यता पाएसंगै नेपालले ७ औं स्थानका लागि आज नेदरल्यान्ड् संग भिड्दै छ ! जिम्बाब्वेको क्वेक्वे स्पोर्टस क्लबको मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले १४ ओभरमा ४८ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको छ। भर्खरै लेग स्पिनर सन्दिप लामिछानेले म्याक्स ओ डल्डलाई २८ रनमा बोल्ड आउट गराएका छन्। यसअघि नेपालका सोमपाल कामीले ३ वटै विकेट लिएका छन भने, नेदरल्यान्ड्सले १५ ओभरमा ४ विकेटको ४८ क्षतिमा रन बनाएको छ।
प्रतियोगितामा ७ औं स्थानको लागि हुने प्लेअफ खेलमा नेदरल्यान्ड्सलाई हराउदै नेपाल जिम्बाब्वे भ्रमणको सुखद अन्त्य गर्न चाहेको छ !
बिहीबार भएको प्लेअफ खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म ४ पटक भिड्दा दुवै टोलीले समान २–२ खेल जितेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here