आज बिहान चट्याङ लाग्दा एक जनाको मृत्यु |

0
243

चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान चट्याङ लाग्दा दुईजना घाइते समेत भएका छन्।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका—१५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार मृतक राउतकी श्रीमती सुनिता राउत र उनकी भाउजु मञ्जु राउत घाइते भएका छन्। घाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ।

बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भीर घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पु¥याएकोमा प्रकाशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्रोत annapurna post |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here