आज भक्तपुर महोत्सवमा गायक धिरज राइ,हेमन्त शर्मा,बले ,कक्रोच जस्ता कलाकारले प्रस्तुति दिने ।

0
746

चैत २५ काठमाण्डौ । “नया बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नया बर्षको पूर्व सन्ध्यामा सुरु गरिएको भक्तपुरमा चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ को तेस्रो दिन अर्थात चैत्र २५ गते चर्चित गायक धिरज राइ, चर्चित गायक हेमन्त शर्मा, गायक धुर्ब बिस्को, चर्चित हास्य कलाकार भद्रगोल टिमका बले तथा कक्रोज, कलाकार नबराज पराजुली, गायक सुनिल बज्राचार्य, गायक रमेश श्रेष्ठ मेलोडी, गायक सन्जिब बस्नेत लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ भने साथमा नृत्य समेत रहने छ l उक्त महोत्सब भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा भईरहेको छ l लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा चौथो पटक चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ आयोजना भएको हो l भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुरामा मेलाका संयोजक दिपक थापा बिस्वस्त छन् l
उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तरास्ट्रिय खान महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरि गित समेत प्रस्तुत हुनेछ l मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ४० र ३० मात्र रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ l
चौथो औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ मा करिब ३ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हास्य ब्यङ्ग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् र यो मेलाले भक्तपुरलाइ मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि उनले गराएका छन् l यस महोत्सबमा मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्य, औधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का,महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा स्टल संयोजक बिनोद जैसवाल आयोजक समिति रहेको छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here