आज शुक्रबारबाट शेरबहादुर प्रदर्शनमा !

0
1230

माघ १९ शुक्रबार काठमाण्डौ !
नेपालि चलचित्र शेरबहादुर आज शुक्रबारबाट देशव्यापी प्रदर्शन भएको छ ! अभिनेता सुनिल थापाको शिर्ष भूमिकामा रहेको उक्त चलचित्रले बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर समेत गरेको थियो ! प्रिमियर शोमा चलचित्र कर्मी ,मिडियाकर्मी ,तथा विभिन्न विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ! आर राजवंशीको निर्देशन रहेको उक्त चलचित्रले प्रिमियरबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो ! कलाकार हरु,केदार घिमिरे ,दिपाश्री निरौला ,करिश्मा मानन्धर ,किरण केसी ,पल शाहलगायतले चलचित्रलाई फरक स्वादको उत्कृष्ट बनेको भनि प्रशंसा गरेका थिए ! खास गरि सुनिल थापाको अभिनयलाई अधिकांशले तारिफ गरे !चलचित्रमा सुनिल संगै मेनुका प्रधान ,कर्मा शाक्य ,रविन्द्र झा ,जाहंवी बोहरालगायत कलाकारले अभिनय गरेका छन् ! ट्रेलर रिलिज नगरी चलचित्र प्रदर्शन गरिएको छ ! चलचित्र शेरबहादुरलाई गौरी शंकर धुजु र धिरज राजवंशीले निर्माण गरेका हुन ! चलचित्रलाई दिर्घ गुरुङ ,र निर्णय जिसीले खिचेका हुन् ! प्रमोद क्षेत्रिले लेखेको कथामा तयार चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here