आदित्य नारायणले श्वेता अग्रवालसँग प्रेम सम्बन्धमा रहेको खुलासा

0
237

एजेन्सी– उदित नारायण झाको छोरा आदित्य नारायणले श्वेता अग्रवालसँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेका छन् । उनले भारतीय सञ्चार माध्यम ई टाइम्ससँगको कुराकानीमा यसै वर्ष विवाह हुने सम्भावना रहेको समेत बताए ।

उनले भने, ‘मैले श्वेतालाई फिल्म ‘शापित’को सेटमा भेटेको थिए । हामीबीच राम्रो बन्डिङ भयो । त्यसपछि बिस्तारै मेरो श्वेतासँग प्रेम बस्यो । सुरुमा उनी साथी मात्र बन्न चाहन्थिन् किनभने हामी सानै थियौं र आफ्नो करियरमा फोकस हुन चाहन्थ्यौं । हरेक सम्बन्ध झैं हाम्रो पनि सम्बन्धमा निकै उतार–चढाव आयो । मेरो आमा–बुवालाई श्वेता निकै मनपर्छ । हाम्रो विवाह नोभेम्बर–डिसेम्बरमा हुनसक्छ ।’

उनले थप्दै भने, ‘मलाई याद छ कि केहि वर्ष अगाडी मेरो र श्वेताको ब्रेकअप भयो भनेर मानिसहरुले अनुमान लगाउन थालेका थिए । त्यसैले श्वेतासँग कतै बाहिर जान मुश्किल भएको थियो । मलाई थाहा छ कि सम्बन्धमा समस्या आउँछन् तर यसको यो अर्थ होइन कि सबैकुरा समाप्त भयो । आजकाल विवाह निकै छिटो टुट्ने गर्छ र हामीले एक–अर्कालाई राम्रोसँग चिन्ने कोसिस गरिरहेका थियौं । त्यसैले अब सहि समयमै हामी विवाह गरौं ।’

गतवर्ष भारतीय गायिका नेहा कक्कड र आदित्यको विवाहको चर्चा चलेको थियो । हाल नेहा पनि गायक रोहनप्रीत सिंहसँग प्रेम सम्बन्धमा छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here