आफ्गानिस्तानमा आत्मघाती आक्रमणमा , ५० जनाको मृत्यु |

0
515

मंगसिर ७ काठमाण्डौ | अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती आक्रमण भएको छ । धार्मिक क्षेत्रका विद्वानहरु जम्मा भएको ठाउँमा भएको सो आत्मघाती आक्रमणमा कम्तिमा ५० जनाको ज्यान गएको छ भने ८३ जना घाइते भएका छन् । पैगम्बर मोहम्मदको जन्म दिवस मनाउन भेला भएकाहरुलाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको हो । काबुलमा पछिल्ला महिना भएको यो ठूलो आक्रमण हो ।अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैलेको लिएको छैन । पछिल्ला वर्षहरुमा इस्लामिक स्टेट (आइएस) र तालिबानले आक्रमण गर्दै आएका छन् ।

तर तालिबानले काबुलमा भएको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ र आक्रमणको निन्दा गरेको छ । बिस्फोट भएका बेला हलमा झण्डै एक हजार जना मानिसहरु भेला भएका थिए । source os nepal|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here