काठमान्डौ , दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएपछि रविले आफ्नो फेसबुक एक भावकु स्टाटस लेखेका छन् । आमाको मृत शरिरसँग दुइवटा तस्विर राख्दै रविले लेखेका छन् ।
किन छोडेर जानु भो आमा मलाइ????😭😭😭😭
दैब पनि कस्तो निस्तुरी भैइस मेरो खुसि देख्न सकिनस 😭😭😭😭
बुधबार बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्याइएको थियो।
आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।
कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् ।source internetsansar .com |