भाद्र १ काठमाण्डौ । ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की कमला बिकले एक वर्षका दुई जुम्ल्याहा छोरीलाई चर्पीको खाल्डोमा गाडेर हत्या गरेकी हुन्।
कमलाले कच्ची शौचालयभित्र दिसामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ। ति बच्चा यही भदौ ५ गते एक वर्ष पुरा हुँदै थिए। तर, क्रुर आमाले दुबैको ज्यान लिएकी छन्।
दुई बचा मध्ये एकको स्थानीयले जिवीतै उद्धार गरेर अस्पताल लगेका भएपनि बुधबार बालिकाको मृत्यु भएको हो।
जुम्ल्याहा छोरीलाई लिएर माइतीघरमा बस्दै आएकी २० वर्षीया कमलाले गत साउन २६ गते दुबै बच्चालाई खाल्डे चर्पीमा हालेर फरार भएकी थिइन्। कमलाको खोजी भइरहेको प्रहरीले जनाएको छ। स्रोत नेपाल खबर ।