आमालेनै दुई सन्तानलाई बिष ख्वाएर मारिन : तेस्ती आमा,आमा कि चुडेल ? |

0
790

पुष ११ काठमाण्डौ | धनुषामा एक महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका(१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् ।

घरायसी विवादको कारण महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेको बुझिएको छ । विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षका रितिक र आमा रिना गम्भीर घाइते भएका छन् ।

र यो पनि : नाम राम काम सैतान, प्रहरीले आमालाई बलात्कार गर्दै-गर्दा छोरीले बनाइन् यस्तो भिडियो

दुवैको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार परिवारका अन्य सदस्यसँगको सामान्य विवादपछि रिना देवीले आफ्ना दुई छोरा रितिक र रितेशलाई विष खुवाएर आफूलेसमेत विष सेवन गरेको जनाइएको छ ।

आमाले जबर्जस्ती विष खुवाएका कारण कान्छो छोरा सिकिस्त भएका थिए भने जेठो छोरा रितिक विष सेवनको कारण सडकमा लडबडाई हिँडिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here