भाद्र २० काठमाण्डौ । मोरङ- मोरङको कानेपोखरी गाउँपालिका ५ मा एक महिलाले आफ्नै छोराको ज्यान लिएकी छिन् । आइतबार विहान २३ वर्षिय कल्पना दर्जीले ६ वर्षिय छोरा रेशम दर्जीको खोलाको पुलबाट धकेलेर ज्यान लिएकी हुन् ।
माइत जान भन्दै विहानै घरबाट हिँडेकी उनले बिच बाटोमा धकेले फालेको बताइएको छ ।माइत पुगेर छोरालाई तर्ने क्रममा खोलाले बगाएको सुनाइन् । नाबालकको खोजीमा निस्किएका माइती पक्षले शंका गरेर केरकार गरे ।
अन्तत कल्पना आफैँले छोरालाई खोलामा धकेलेको स्वीकार गरिन् । खोलाले बगाएर मृत्यु भएका बालकको शव घटनास्थलबाट एक सय मिटर तल अल्झिएको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीको टोलीले भेटेको थियो ।पति श्याम दर्जीले किटानी जाहेरी दिएपछि प्रहरीले कल्पनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीसँगको वयानमा उनले पतिसँगको रिसको आवेगमा आफूले छोरालाई खोलामा धकेलेर हत्या गरेको स्वीकार गरेकी छन् ।घरमा म र छोरालाई खानेकुरा केही हुँदैन । ऊ सधैं रक्सी मात्रै आएर हिड्छ’, अनि मारे कल्पनाले भनिन् ।ओएस नेपाल ।