आमा ,छोरी गरिब छे नसोंच्नु:म धनी छु,किनकि मसँग योनी र स्तन छ |

0
1060

पुष १ काठमाण्डौ | हाम्रो देशमा छोरी चेलीहरु यति असुरक्षित छन् कि ,हरेक छोरी चेली घरबाट निस्के पछाडी जब सम्म छोरी घरमा पुग्दैनन त्यतिबेला सम्म कसैका आमा बाबा पनि सुकुन संग सास समेत फ़ेर्दैनन| एस्तो हाम्रो देश जहाँ छोरी चेली सुरक्षित छैनन् |
म हरेक गल्लीमा असुरक्षित छु आमा
त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल
सबै सबै ठाउँमा ।

तिमी सोच्छौ होला आमा
सुनचाँदी, पैसा केही छैन छोरीसँग
कसरी असुरक्षित हँ ?
तर थाहा छ आमा तिमीलाई
आजभोलि छोरीसँग लुटिन धन हैन नी
स्तन र योनी हेरिन्छ ।

अनि आमा सानो हुँदा सकी नसकी
छोप्ने गरेका मेरा संवेदनशील अंगलाई
आजभोलि जताततै उदाङगो बनाइन्छ
क्षतविक्षत पारिन्छ
टोकिन्छ,काटिन्छ चलाइन्छ ।

आमा म पनि धेरै धनी छु नि
मसँग पनि स्तन र योनी छ
यसैले त म असुरक्षित छु ।

यसैले आमा म जुनसुकै बेला टोकिन सक्छु, लुटिन सक्छु र अन्त्यमा विक्षिप्त भएर, पानीसमेत भन्न नपाई सधैको लागि निदाउँन सक्छु, तर, आमा म अहिले नै भन्छु नि
तिमी नरुनु है, बस चुपचाप चित्ता जलाउनू, किनकि तिमी गरीब छौं, न्याय किन्न सक्दिनौं मेरो लागि ।

यसैले आमा, म हरेक समय, हरेक ठाउँमा असुरक्षित छु । pahilonepalikhabar बाट साभार |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here