आमिरको फिल्मले चीनमा वर्चस्व कायम !

0
1167

माघ १८ बिहिबार काठमाण्डौ !
दक्षिणी छिमेकि भारत र उत्तरी छिमेकि चीनबीचको सम्बन्ध न्यानो छैन ! यी दुई राष्ट्रबीच बेला बखत ठाकठुक परिरहन्छ ! र दुबैले एक अर्को मुलुकमा आफ्नो प्रभुत्व जमाउने दाउपेचमा रहीरहन्छन् ! यहि पृष्ठभूमिमा भारतीय सिनेमाले चीनमा आफ्नो प्रभुत्व बिस्तार गर्दैछ ! बलिबुड फिल्मले उत्तरी चीनका दर्शक रिझाउन थालेका छन् ! यसमा मिस्टर प्रफेक्सनिष्ट आमिर खानको खास भूमिका छ ! आमिरको फिल्म दंगल चीनका हलहरुमा प्रदर्शन भए अहिले त्यहि शिलशिला पछ्याएको छ ! (सेक्रेट सुपरस्टार)ले हुन त यस अघि सलमान खान स्टार फिल्म ट्युबलाइट पनि चिमा प्रदर्शन भए तर आमिर खानको फिल्म जस्तो चलेन ! अहिले आमिर खानको फिल्म सेक्रेट सुपरस्टार चीनका हलहरुमा अत्यधिक रुचाइएको फिल्म भएको छ ! भनिएको छ आमिरको यो फिल्मले चीनका दर्शकहरुबाट भारतीय ४०० करोड बटुलेको छ ! केहिदिनमै फिल्मले यतिधेरै रकम संकलन गरेको छ !अद्वैत चन्दनले निर्देशन गरेको यो फिल्म सानो बजेटमै तयार भएको हो ! यो फिल्मको कुल बजेट आमिरले एउटा फिल्मबाट लिने पारिश्रमिक भन्दा कम छ ! कुनै ताम झाम बिनानै फिल्म प्रदर्शन भएको थियो ! फिल्मले सुरुवाती संकलन राम्रो गरेन त्यसपछिका दिनमा भने, फिल्मले निक्कै चर्चा पायो ! माउथ पब्लिसिटिकै भरमा दुई तिन हप्ता चलि रह्यो ! सामान्य पारिवारिक कथामा बनेको फिल्मले चिनिया दर्शकलाई पनि भरपुर मनोरंजन दियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here