आम जनतालाई कुक्कुर जस्तो व्यवहार : सभामुख र अध्यक्षलाई गाडीको लस्कर|

0
566

पुष १८ काठमाण्डौ | संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् ।

नेताहरु सवारी हुँदा आम सर्वसाधारण लाइ कुकुर जस्तो ब्यबहार गरिन्छ सडकबाट सर्वासाधारणका गाडी र आम जनतालाई पैदल समेत हिंड्न दीइन्न | जसले आफ्नो अमुल्य भोट मार्फत जिताएर भरोसा गरेर माथि पठाईएकालाई नै त्यस्तो गर्दा आम सर्वसाधारण लाई कस्तो हुन्छ होला ?

सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४/४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २/२ वटा गाडी चढिरहेका छन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसद्का पदाधिकारीले एउटा मात्रै सवारी प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here