आयोगको निर्देशन आर्थिक सहयोग रोक्न !

0
1264

माघ १८ बिहिबार काठमाण्डौ !
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अवधिभर आर्थिक सहयोग रकम वितरण नगर्न गृह मन्त्रालयलाइ बुधबार लिखित निर्देशन दिएको छ ! आयोगले निर्वाचन आचारसंहिता लागु भईसकेको स्मरण गराउंदै अर्थ मन्त्रालयलाई समेत आर्थिक सहयोग रकम उपलब्ध नगराउन आदेश दिएको छ ! आयोगको बुधबार बसेको बैठकले आर्थिक सहयोग वितरणको विवरण समेत सरकारसंग माग गर्ने निर्णय गर्दै मुख्य सचिवलाई पत्राचार समेत गरेको छ ! गृह र अर्थ मन्त्रालयलाइ उक्त विवरण उपलब्ध गराउन पटक पटक पत्राचार गरिएकोमा हाल सम्म पनि प्राप्त नभए पछि प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयलाईनै पत्राचार गरिएको आयोग प्रबक्ता सहसचिव नवराज ढकालले बताए !
राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि माघ १२ गते देखि निर्वाचन आचार संहिता लागु भईसकेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here