आयो गायक सौगात’को मनै रुवाउने गीत: जात नमिलेर मायामा छुटेका प्रेम जोडिहरुले हेर्नै पर्ने भिडियो | मन थामेर हेर्नुहोला |

0
940

भाद्र १२ काठमाण्डौ । बिगत केहि समय देखि सुगम सांगीतिक क्षेत्रमा निरन्तर शंघर्ष गर्दै आएका बहु प्रतिभाका धनि गायक सौगात आचार्यले आफ्नो दोस्रो सांगीतिक कोशेली ( रगत हाम्रो रातो नै थियो फरक थिएन ) गीत मार्फत दर्शक स्रोता माझ फेरी आएका छन् । (रगत हाम्रो रातो नै थियो फरक थिएन ,मायाँ त हामि दुबैले गर्थ्यौं जातले दिएन) गायक आचार्यले बडा मार्मिक गीत बाजारमा ल्याएका हुन् |

उनि भन्छन, जति हामि २१ औँ शताब्दीका कुरा गरेता पनि अझै हाम्रो समाजमा जात जातिका नाममा निच देखाउने ,घृणा गर्ने प्रचलन गएको छैन | प्रेमी प्रेमिकालाई समाजले जातको नाउँमा एक हुन नदिएर प्रेमी प्रेमिकाले आत्मा हत्या गरेका घटना हामि माझ सर्वबिदितै छ | त्यहि सत्य घटनामा आधारित रही मैले यो गीत रचना ,संगीत गरी गाएर बजारमा ल्याएको हुँ भन्छन गायक आचार्य ||

हुन त गायक सौगात पछिल्ला दिनहरुमा नेपालमा हुने विभिन्न सांगीतिक मेला महोत्सव हरुमा चर्चित गायकहरु नारायण गोपाल, उदित नारायण, राजेश पायल राई, शिब परियार, प्रमोद खरेल, जस्ता गायक हरुका गीत गाएर दर्शक दर्शक स्रोताहरुको वाहवाह बटुली गायकको छबि बनाइ सकेका गायक हुन् ।

गायक सौगात गीत गाउनुको अलावा बाँसुरी पनि एकदम राम्रो बजाउँछन् । गायक सौगात भन्छन < गायक भएपछि कुनै न कुनै बाद्य बादक बजाउन जानेको हुनै पर्छ । तनहु बन्दिपुरमा जन्मिएका गायक सौगात फेरी भन्छन < म सानै देखि गित सुन्ने गाउने अनि बासुरी पनि राम्रो बजाउने गर्थे इस्कुलको हरेक प्रोग्राममा पनि गित गाउने । सानै देखि गित संगीत गुनगुनाउदै हिड्ने पुराना गीत देखि लिएर नयाँ आधुनिक पप सबै टाइपको गीत गाउने गर्थे, धेरै पछिको संघर्ष पछि अब आफ्नै गीत गाएर आफ्नै गीत बाट कुशल गायक भई स्थापित हुनु पर्छ, भन्ने सोंचले मैले आफ्नै शब्द संगीतमा ( रगत हाम्रो रातो नै थियो फरक थिएन ) गीतको भिडियो नेपाली गीत संगीत प्रेमी दर्शक स्रोता माझ ल्याएँ।

उक्त गीतलाई संगीत संयोजन पुस्कर सुनुवारले गर्नु भएको छ भने, त्यसैगरी गीतको भिडियोमा केशब बिस्वकर्माको छायांकन ,मोहन सुनुवारको सम्पादन रहेको छ भिडियोलाई सन्ध्या म्युजिक प्रालिको युट्युब च्यानलमा हेर्न सकिन्छ। उक्त गीत मेलोडी नेपाल रेकर्डिङ इस्टुडियोमा रेकर्ड भएको गीत हो, भन्दै गायक सौगात भन्छन,म सानै देखि दुख: गरेर संगीत लाई मायाँ गर्ने मान्छे हुँ, कयौ गितका शब्द म आफैं कोरेको पनि छु ,तर रेकर्डिङ हुन बाकीनै छ,।

म < आफ्नो गीत संगीतमा अरुको भन्दा फरक बेग्लै स्वाद लिएर गीत सङ्गीतको दुनियामा आफुलाइ चिनाउन चाहान्छु । अबको जिन्दगि गीत र संगीतलाई समर्पण गरेको छु । मैले यो मेरो पहिलो गीत बाट अझ संकल्पका साथ् आगाडी बढ्ने हौशला मलाइ दर्शक स्रोताले दिनु भएकोमा म नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरु लगायत मलाइ यस क्षेत्रमा अगाडी बढ्न सहयोग गर्ने चर्चित गायक/संगीतकार पुस्कर सुनुवार ,गायक/ संगीतकार चिरन्जीवी भण्डारी दादा लाइ पनि धन्यबाद दिन चाहान्छु ।sandhyatv chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here