आयो पेट मिची मिची हसाउँने टेली शृंखला बकम्फुसे ।

0
2158

बैशाख १७ काठमाण्डौ । मेलोडी नेपालले आम नेपाली दर्शक हरुलाई मध्ये नजर गर्दै हाँस्य टेली शृंखला (बकम्फुसे) ल्याएको छ । यस हाँस्य टेली शृंखला समसामयिक बिषय बस्तुमामा आधारित तथा समाजमा घटेका समसायिक घटनालाई यथार्थ रुपमा चित्रण गरि जस्ताको त्यस्तै यस टेली शृंखलामा निर्देशक बिदुर पोखरेलले उतारेका छन् । यस टेली शृंखलामा चर्चित हाँस्य कलाकारहरु बिदुर पोख्रेल , राज भण्डारी ,शुशिला तामाङ,कमला बिक , राजन बाबु पुरुष ,सुजन पौडेल ,सुबाश तिम्सिना ,अनमोल खनाल ,रिना लिम्बु ,मन बहादुर कुलुङ, सुर्य देव ,लगायत कलाकारको मुख्य भूमिका रहेको छ । टेली शृंखलाका निर्देशक बिदुर पोख्रेल रहेका छन् भने, सह निर्देशन तथा ब्यबस्थापकमा राज भण्डारी रहेका छन् ,त्यसै गरि यस टेली शृंखलाको टाइटल गीतलाई केशब बिश्वकर्माले रचना गरेका हुन् , गीतलाई संगीत तथा गायकी गायक संगीतकार चिरन्जिबी भण्डारीको रहेको छ, उक्त गीतलाई गायक संगीतकार पुस्कर सुनुवारले संगीत संयोजन गरेका छन् । टेली शृंखलालाइ केशब विश्वकर्माले छायांकन गरेका हुन् । यस शृंखलालाइ सम्पादन गर्ने कार्य मोहन सुनुवारले गरेका छन् ,यो टेली शृंखला सन्ध्या टिभी मार्फत युट्युब चयनलमा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here