इण्डोनेसियामा म्याग्निच्यूडको शक्तिशाली भूकम्प ८२ जनाको मृत्यु |

0
636
Rescuers use heavy machine to search for survivors under the rubble of a collapsed building after an earthquake in Pidie Jaya, Aceh province, Indonesia, Wednesday, Dec. 7, 2016. A strong undersea earthquake rocked Indonesia's Aceh province early on Wednesday, killing at a number of people and causing dozens of buildings to collapse. (AP Photo/Heri Juanda)

साउन २१ काठमाण्डौ । इण्डोनेसियाको लोम्बोक टापुमा सात म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा ८२ जनाको मृत्यु भएको छ। भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ। प्रसिद्ध पर्यटकीय क्षेत्रमा भूकम्पको एक साता नबित्दै पुन: भूकम्प गएको हो। अघिल्लो भूकम्पमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो। राजधानी बालीबाट ४० किलोमिटर दूरीमा रहेको लोम्बोक हाइकिङ र तटीय क्षेत्रका लागि प्रसिद्ध मानिन्छ। भूकम्पपछि स्थानीय प्रशासनले सुरक्षित स्थानमा जान सबैलाई आग्रह गरेको छ। भूकम्पबाट भएको क्षतिको यकिन विवरण आइनसकेको स्थानीय प्रशासनले जनाएकाे छ। स्रोत thahakhabar . com ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here