साउन १३ काठमाण्डौ | गीत संगीत एउटा यस्तो चिज हो जसले मानब मात्र होईन प्रकृतिका हरेक प्राणीको मन जितेको हुन्छ। संगीतले हरेक क्षेत्र अनि हरेक पेशाका मान्छेहरुको मन तानेको हुन्छ । पोखराको बेगनासमा जन्मिएका गणेश कंडेल पेशाले ईन्जिनियर हुन । उनको नेपाली गजल साहित्यमा उच्चतम् खुबि रहेको छ भन्ने कुरा उनको भर्खरै सार्वजानिक भएको
” पैसा मात्र तिरि पाउने सुन होईन माया
औंसी सगै बिलाउने त्यो जुन होईन माया”
गजलले प्रष्ट पारेको छ।
प्रस्तुत गजलमा आवाज र संगीत भने अहिलेका चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमको रहेको छ भने उक्त गजलमा एरेन्ज भने कृष्ण बि कले गरेका छन्।
नेपाली गजलमा बिल्कुलै फरक शैली अपनाउने गायक थानेश्वर गौतम गजलकार गणेश कंडेलको पहिलो रोजाईमा परे।।
उक्त गजलको भिडियो हालै सार्वजानिक गरिएको छ। जसमा वास्तबिक गजल गायन शैलीलाई प्रयोग गरि भिडियो सम्पादन गरिएको छ यो भिडियो मा क्यामरामा राजन केसि र ईश्वर बाबू रहेका छन भने भिडियो सम्पादन राजन केसि ले गरेका छन उक्त भिडियो निर्देशन गायक थानेश्वर गौतम ले गरेका छन भने जननी नेपालले यो गीत बजारमा ल्याएको छ|video…