ईन्डियाज नेक्स्ट टप मोडलमा नेपालकी सबिता फस्ट रनरअप !!

0
1250

पुष १ काठमाण्डौ !!
भारतको चर्चित रियालिटी शो इंडियाज नेक्स्ट टप मोडलको तेस्रो संस्करणमा यसपटक नेपालकी सबिता कार्कीले फस्ट रनरअप जितेकी छिन् ! शनिबार भएको फाईनलमा उत्कृष्ट तीनजनामा छानिएकी सविताले पहिलो रनरअपको उपाधि जितेकी हुन् ! प्रतियोगिताको शिर्ष उपाधि अम्दबाद्की रिया सुबोधले हात पारिन !एमटीभीबाट प्रसारण हुने यो कार्यक्रम युवा पुस्ता माझ निकैनै लोकप्रिय छ ! यो शोमा मोडलहरुले विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ ! नेपालबाट सहभागी भएकी सबिता कार्की विभिन्न चरण पार गर्दै अन्तिम राउण्ड सम्म आईपुगेकी हुन् ! प्रतियोगितामा बलिबुड अभिनेत्री मलाइका अरोरा मुख्य निर्णायकको रुपमा रहेकी थिइन् ,साथै फोटोग्राफर डब्बु रत्नानि र मिलिन्दा सोमन सामिल थिए ! यस रियालिटी शोको अन्तिम तिन बिजेतालाई ओपो २०१८को क्यालेन्डरको लागि फोटोशुट् गराइनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here