ईपिएल क्रिकेटको उद्घाटन खेलमा काठमाण्डौ र ललितपुर भिड्दै !

0
1374

पुष २ सोमबार काठमाण्डौ !
नेपालमा सर्बाधिक राशिको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपिएल)आजबाट कीर्तिपुरमा सुरु हुँदै छ !
त्रिभुन विश्वविध्यालयको मैदानमा राउण्ड रोबिन लिगका आधारमा संचालनहुने प्रतियोगितामा ६ टिम सहभागी छन् ! उद्घाटन खेलमा काठमाण्डौ किड्स इलाभेनको नेतृत्व सोम्पाल कामि र पेट्रीयाट्सको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् ! यी संगै पारस खड्काको कप्तानीमा बिराटनगर वारियार्स शक्ति गौचनको कप्तानीमा पोखरा, राइनोज ,शरद भेषावकरको कप्तानीमा भैरहवा, ग्लाड़ीयटर्स र दिपेन्द्र सिंह एरिको कप्तानीमा चितवन टाइगरले पनि प्रतियोगितामा भाग लिएका छन् ! लिगका चरणमा प्रत्येकल टीमले एकापसमा खेल्ने छन् ! लिगमा शिर्स हुने दुई टिमबिचको क्वालिफायर हुनेछ ! जित हातपार्ने टिम फाइनलमा पुग्नेछ! हार्ने टिमले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबिचको बिजेता संग दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ! प्रतियोगिताको बिजेताले २१ लाख नगद पुरस्कार पाउनेछ ! टिममा १५ जना खेलाडी हुने र सबै टिमले ३ जना बिदेशी खेलाडी राख्न पाउने ब्यबस्था मिलाइएको छ ! जसमध्ये १० जाना खेलाडीको अक्सन किनबेच मार्फत छानिएको थियो ! बिनोद भण्डारी ,आरिफ शेख ,सन्दिप लामिछाने ,कारण केसी ,सर्बाधिक रकममा बिकेका थिए ! खेल हेर्नका लागि साधारण दर्शकलाई टिकेट शुल्क १०० रुपैंया राखिएको छ ! विध्यर्थिलाई ५० प्रतिशत छुट पाउनेछन् ! प्रतोयोगितामा मनोरन्जनात्मक कार्यक्रमपनि हुनेछ ! थर्ड एम्पायर ,चियर्स लिडर र उत्कृष्ट साउन्ड सिस्टमको ब्यबस्था गरिएको आयोजक टिमले जानकारी दिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here