उचाल्ने प्रयास हुँदैछ :एकताविरुद्ध एमाले र माओबादि नेताहरुलाई नै :प्रचण्डले भने !

0
1283

माघ १४ आइतबार काठमाण्डौ !
माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताविरुद्ध एमाले र माओबादिकै नेताहरुलाई उचाल्ने प्रयास भैरहेको बताएका छन् ! शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौँ जिल्ल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचन्डले भने ,जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् ! हामीसंग एकताको कुनै विकल्प छैन ! तर यसबीचमा पार्टी एकता प्रयासमा ठुलो चुनौती सामाना गर्नु परेको उनले सुनाए ! एउटा शक्तिले वाम गठबन्धन भत्काउन मलाइ पांच बर्षकै प्रधानमन्त्रि दिने प्रस्ताव गर्यो ! मैले त्यसलाई ईन्कार गरें ! उनले भने फेरी त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ ! एकता हुन नदिन निक्कै ठुला प्रयास भए ! एमाले र माओबादि एकतालाई जसरी पनि सफल पार्नु पर्ने भन्दै उनले त्यसका लागि सहयोग चाहिएको बताए ! कैयौं मान्छेले मलाइ अस्थिर पनि भन्छन ! तिनै मान्छेहरु मलाइ गतिशील पनि भन्छन प्रचन्डले भने ! परिस्थिति हेरेर निर्णय लिने मेरो विशेषता हो ! तर म कैले पनि रणनीतिक लक्ष्यविरुद्ध जाने गरेको छैन ! जनताको अभिमत बिरुद्ध निर्णय गर्नु हुँदैन ! बिरोधिहरुका चुनौतीहरुलाई पन्छाएर एकता सफल पार्नु पर्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here