
फागुन ३० काठमाण्डौ ! विश्व क्रिकेट छनौट समुहको उत्कृष्ट ११ मध्ये नेपाली क्रिकेटर कप्तान पारस खड्का पनि परेका छन ! जिम्बाब्बेसंग क्रिकेट खेल्दा ३ खेल हारेको नेपालले लास्ट खेलमा हङकङ लाइ ५ विकेटले हराउंदै कप्तान पारसले भने १८९ बनाए जसमा २ अर्धसतक पनि छ ! पारसले जिम्बाब्बे बिरुद्ध ४०, स्कटल्याण्ड बिरुद्ध ७५ ,अफगानिस्तान बिरुद्ध ११, रन बनाएका थिए ! अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले समूह चरणको ११ स्टारहरुको नाम सार्वजनिक गरे लगत्तै नेपाली क्रिकेट प्रेमिहरुमा खुशी छाएको छ ! र पारसलाई चाहाने हरुको लागि झनै खुशीको बिषय बनेको छ, तामाम नेपालीहरुको लागि पनि यो गौरवको बिषय बनेको छ !