पुष ९ आइतबार ! काठमान्डौ !
नेपाल जेसिज केन्द्रिय कार्यालयद्वारा नेपाली कला शाहित्य ,संगीत तथा सांस्कृतिकको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत प्रत्येक बर्ष प्रदान गरिने उत्कृष्ट युवा पुरष्कार यस बर्ष लोकप्रिय युवा संगीतकार सन्तोष श्रेष्ठलाइ प्रदान गरिएको छ ! पुरस्कार छनौट जेसी लालमणि पन्तको संयोजकत्वमा गरिएको हो ! शाहित्य कला ,संगीत, तथा संस्कृतिको विधामाको प्रतिनिधित्व गर्दै उत्कृष्ट युवा छनौट समिति २०१७ ले यस बर्षको उत्कृष्ट युवा पुरस्कार २०१७ लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठलाई छनौट गरेको छ ! नेपाल जेसिजको ४४ औँ महाधिबेसनको अवसरमा आज भैरहवामा कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानमन्त्रि माननीय पुष्प कमल दाहाल प्रचण्ड र जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले सामुहिक रुपमा ताम्र पत्र , स्वर्ण पदक ,र नगद सहित पुरष्कृत गरिएको छ ! उत्कृष्ट युवा पुरस्कारको लागि संगीतकार सन्तोष श्रेष्टलाइ त्रिभुवननगर जेसिजले राष्ट्रिय समितिलाईइ सिफारिस गरेर पठाएको थियो !