उपेन्द्र यादव आपसी सहमतिमा लिखित सम्झौता गर्न खोज्दै !

0
666

चैत ५ काठमाण्डौ ! काठमाडौं । संविधान संशोधनका बुँदा उल्लेख गरेर लिखित सहमति गर्ने कुरामा प्रधानमन्त्री सहित दलहरु इच्छुक नदेखिएपछि संघीय समाजवादी फोरमको सत्तारोहण लम्बिएको छ ।
राजपालाई रोकी लिखित सहमति सहित एक्लै सरकारमा जान खोजेका उपेन्द्र यादवले लिखित सम्झौतामा हस्ताक्षर गर्न प्रधानमन्त्री ईच्छुक उनको भनाइ रहेको छ ! यादवले संविधानको धारा २७४ लगायत केही धारा उल्लेख गरेर संविधान संशोधन आपसी सहमतिमा गर्ने भन्ने लिखित सम्झौता गर्न खोजेका हुन् । तर वाम गठबन्धनका नेताहरुले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन आपसी समझदारीमा गर्ने सैद्धान्तिक सहमति लिखित सम्झौता आवश्यक नभएको बताए ! प्रधानमन्त्री ओली संघीय समाजवादी फोरमलाई दुई मन्त्री सहित एक राज्यमन्त्री दिन तयार छन् । मन्त्रिपरिषद बिस्तार गर्दा पनि फोरमलाई दुई मन्त्रालय राखिएको हो । प्रधानमन्त्रीपछिको दोस्रो बरियता पाए उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जान फोरम तयार छ । यद्यपि एमाले महासचिव ईश्वर पोखरेलभन्दा माथिको बरियता यादवले पाउने सम्भावना छैन ।
संविधान संशोधनका बारेमा केही न केही लिखित सम्झौता नगरी सरकारमा सहभागी नहुन यादवलाइ पार्टीका कार्यकर्ताले दबाव दिएको छ । सरकारमा जान इच्छुक कतिपय नेताले प्रधानमन्त्रीले सार्वजनिकरुपमा संविधान संशोधन हुने कुरा बताइसकेकाले लिखित सम्झौताको हान थाप गर्न नहुने बताइरहेका छन् । तर लिखित सहमति बिना सरकारमा जाँदा मधेसमा फोरम विरुद्ध अशन्तुष्टि बढ्ने र त्यसमा राजपाले खेल्ने डर यादवलाई छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here